• होमपेज
  • समाचार
  • गोरु काटेको आरोपमा दुईजना पक्राउ

गोरु काटेको आरोपमा दुईजना पक्राउ

  • सोमवार, साउन १८, २०७८
गोरु काटेको आरोपमा दुईजना पक्राउ

इटहरी — गोरु काटेको आरोपमा सुनसरीको बराहक्षेत्र नगरपालिकाबाट दुईजना पक्राउ परेका छन् । गत साउन१६ गते शनिबार राति बराहक्षेत्र ७ बुद्धचोकमा गोरु काटेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले ३२ वर्षीय तिलबहादुर दाहाल र ३३ वर्षीय विजयकुमार राईलाई पक्राउ गरेको हो ।

स्थानीय चन्द्रबहादुर तामाङको घर पछाडि मासु काटिरहेको अवस्थामा फेला परेका उनीहरुमाथि पशुपंक्षीसम्बन्धी कसुर मुद्धामा अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जानकारी दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार