• होमपेज
  • समाचार
  • असहाय का लागि भोजन सेवा कार्यक्रम सम्पन्न।

असहाय का लागि भोजन सेवा कार्यक्रम सम्पन्न।

  • आइतवार, साउन १७, २०७८
असहाय का लागि भोजन सेवा कार्यक्रम सम्पन्न।

कृष्ण अधिकारी — तुल्सिपुर आज राष्ट्रिय मानब अधिकार प्रतिष्ठान दाड० शाखाको समन्वयमा प्रतिष्ठानका आजीवन सदस्य अब्दुल हमिद खानले स्वर्गिय धर्मपत्नी जरिना खानको स्मृतिमा सडकपेटीमा छट्पटिएका असहाय,अशक्त , शारीरिक तथा मानसिक रोगी,परिवारबाट बेसहारा भएका बृद्धहरुलाई उद्धारगरी तुलसीपुर स्थित मानबसेवा आश्रममा आश्रय लिइरहेका २ जना सुत्केरी महिला सहित यी २७ जना भगवानरुपी मानवलाई पोषणयुक्त खाना,फलफूल तथा ३१ जोडी चप्पल अनि ३/४ महिनाका २ जना ब्यसहारा शिशुलाई शेरल्याक प्रदान गरियो। कार्यक्रममा प्रमुख अतिथीका रुपमा राष्ट्रिय मानब अधिकार प्रतिष्ठानका लुम्बिनी प्रदेश संयोजक बिनोद श्रेष्ठ ज्यु र बिशिष्ठ अतिथीका रुपमा दाड० शाखाका कानुनी सल्लाहकार अधिबक्ता मोहन धिताल ज्यु रहनु भएको थियो।त्यसैगरी मानब सेवा आश्रमका जिल्ला संयोजक उर्बिन सापकोटा ,प्रतिष्ठानका आजीवन सदस्य अब्दुल हमिद खान तथा दाड० शाखा उपसभापति सन्तोष गुप्ता एबम् कोषाध्यक्ष निरज श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो।
कार्यक्रमको सहजिकरण कोषाध्यक्ष निरज श्रेष्ठले गरेका थिए।

चर्चामा

सम्बन्धित समाचार