• होमपेज
  • समाचार
  • धनगढीबाट हिँडेको ट्रक डडेल्धुरामा खस्यो

धनगढीबाट हिँडेको ट्रक डडेल्धुरामा खस्यो

  • शनिबार, साउन १६, २०७८
धनगढीबाट हिँडेको ट्रक डडेल्धुरामा खस्यो

धनगढी —  डडेल्धुरामा ट्रक दुर्घटना भएको छ। धनगढीबाट दार्चुलाका लागि हिँडेको सुप ००१ख ०६१४ नम्बरको ट्रक महाकाली राजमार्ग अन्तरगत अमरगढी नगरपालिका–६ भालुमारेमा दुर्घटनामा परेको हो।

२ जना सवार उक्त ट्रक ग्यास र चामल बोकेर दार्चुलातर्फ हिँडेको चालकले बताएका छन्। उक्त दुर्घटनामा कुनै मानविय क्षति नभएको उनले बताए। बैतडीबाट आइरहेका २ वटा जीपलाई साइड दिने क्रममा ट्रक भिरबाट खसेको उनले बताएका छन्।

चर्चामा

सम्बन्धित समाचार