• होमपेज
  • समाचार
  • भारतमा बाढीले बगाएर सुदूरपश्चिमका एकजनाको मृत्यु, ६ बेपत्ता

भारतमा बाढीले बगाएर सुदूरपश्चिमका एकजनाको मृत्यु, ६ बेपत्ता

  • शुक्रबार, साउन १५, २०७८
भारतमा बाढीले बगाएर सुदूरपश्चिमका एकजनाको मृत्यु, ६ बेपत्ता

धनगढी —  भारतमा बाढीले बगाउँदा सुदूरपश्चिमका एकजना नेपाली मजदुरको मृत्यु भएको छ। यस्तै बाढीले बगाउँदा ६ मजदुर बेपत्ता भएका छन्।

मृत्यु हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका– ६ गौकुरा घर भई कञ्चनपुर बसाइसरेका ३८ वर्षीय धनसिंह भण्डारी रहेका छन्।

सिलुगढीको सिक्किमस्थित लेकपहाडी डाँडा भएर बग्ने खोलाले बगाउँदा भण्डारीको शुक्रबार बिहान मृत्यु भएको उनका भाइ सुरेन्द्र भण्डारीले जानकारी दिए।

उक्त क्षेत्रमा केही दिनदेखि लगातार वर्षा भइरहेको छ। भण्डारी सिक्किमस्थित रेल चल्ने सुरुङ निर्माणमा खटिएका थिए। सोही बाढीमा दोगडाकेदार–६ घर भइ कञ्चनपुरको पिपलाडी बस्ने डम्मर लुहार बेपत्ता भएका छन्। यस्तै सोही कम्पनीमा काम गर्ने अन्य पाँच भारतीय मजदुर पनि बेपत्ता भएका छन्।

चर्चामा

सम्बन्धित समाचार