नाम होईन कम्युनिष्ट त ब्यबहारमा बन!
सक्छौ भनेसि नमुना सारा संसारमा बन।
जीवन र जगतको अध्यायन यसैले गर्छ,
प्रत्येक क्षेत्रमा प्रयोग गर्ने औजारमा बन।
रातो झण्डा हँहिया र घन राखेनन् त्यसै,
गरिब मजदुरको हक र अधिकारमा बन।
रातो झण्डा मुनि नगर कुरा जात क्षेत्रका,
अंगाल बिचार कम्युनिष्ट कार्यभारमा बन।
जनता लाई शहि बाटो देखाउ भ्रम न छरे,
पैसाको बलमा नाई कम्युन आधारमा बन।
कागजमा समाजवाद लेखेर मात्र हुँदैन है,
कम्युनिष्ट ब्यबहार ब्यापार बिचारमा बन।
सुरेशकुमार पान्डे।