• होमपेज
  • समाचार
  • नक्कली सुन बेच्ने ७ जना पक्राउ

नक्कली सुन बेच्ने ७ जना पक्राउ

  • शुक्रबार, साउन १५, २०७८
नक्कली सुन बेच्ने ७ जना पक्राउ

कास्की — नक्कली सुन बेच्ने सात जना पक्राउ परेका छन् । कास्की प्रहरीले नक्कली सुन बेच्न हिँडेका एक सुनका कालीगढसहित ७ जना व्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमध्ये एकजना पोखराको सिर्जनाचोकमा रहेको पर्वत सुनचाँदी पसलमा कालीगढको काम गर्ने भुवन विकसहित पर्वत रुघुगंगा गाउँपालिका ३ राखुकी ४२ वर्षीया विमला परियार, पोखरा २ मिरुवाका ४२ वर्षीय गणेशबहादुर दर्जी, रामेछापको सुकाजोर नगरपालिका ७ का अनिल भुजेल, सर्लाहीको बागमती नगरपालिका १ का ईन्द्रबहादुर बलमपाकी, चितवन टाँडी २ का भुवन विक र चितवन राप्ती ९ का प्रकाश परियार छन्।

उनीहरुबाट सुनजस्तै पहेँलो देखिने ६५४ ग्राम धातु बरामद गरेको प्रहरीले जनाएको छ।

नक्कली सुन बेच्न हिँडेको सूचनाको आधारमा प्रहरीले विमलाको पोखरा २ मिरुवामा रहेको कोठाबाट सो धातु बरामद गरेको हो।

चर्चामा

सम्बन्धित समाचार