• होमपेज
  • समाचार
  • मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु

  • मङ्लबार, साउन १२, २०७८
मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु

कृष्ण अधिकारी/तुलसीपुर — तुलसीपुर उपमहानगरपालिकामा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।
आज विहान ५ बजे तुलसीपुर उपमहानगरपालिका ७ पर्सेनी नजिक खनिराखेको खाल्डोमा परि एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक झलक शर्माले जानकारी दिएका छन ।
बिलबुकका अनुसार तुलसीपुर उपमहानगरपालिका १२ टरिगाँउका चुडामणी भण्डारीको मृत्यु भएको प्रहरीले बताएको छ । बाँकी उनको ठेगानाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको ।
उनको शवलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

चर्चामा

सम्बन्धित समाचार