• होमपेज
  • समाचार
  • नदीमा डुबेर ८ वर्षीय बालकको मृत्यु

नदीमा डुबेर ८ वर्षीय बालकको मृत्यु

  • मङ्लबार, साउन १२, २०७८
नदीमा डुबेर ८ वर्षीय बालकको मृत्यु

धनगढी —  नदीमा डुबेर ८ वर्षीय बालकको मृत्यु भएको छ। कोसी नदी किनारमा दाउरा संकलन गर्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको हो।

भारतको विहार राज्य सुपौल जिल्ला कुनौली ग्राम पञ्चायत–७ का सीताराम मुखियाका ८ वर्षीय छोरा विकास कुमारको सोमबार डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

भारतको विहारका स्थायी बासिन्दा बालक हनुमाननगर कंकालिनी नगरपालिका–१४ स्थित आफ्नो मामाघर आएका थिए।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार कोसीमा दाउरा बटुल्ने क्रममा सोमबार करिब साढे चार बजे डुबेर मृत्यु भएको थियो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार