• होमपेज
  • समाचार
  • ओडारमा भेटियो २२ नाल भरुवा बन्दुक

ओडारमा भेटियो २२ नाल भरुवा बन्दुक

  • सोमवार, साउन ११, २०७८
ओडारमा भेटियो २२ नाल भरुवा बन्दुक

गलकोट —  बागलुङमा लुकाइराखेको अवस्थामा प्रहरीले २२ नाल भरुवा बन्दुक फेला पारेको छ।

आइतबार दिउँसो प्रहरीचौकी बुङ्गादोभान बागलुङबाट खटिएको प्रहरीको गस्ती टोलीले २२ नाल भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए।

जिल्लाको तमानखोला गाउँपालिका–४ लाममेलास्थित घट्टेखोला नजिकै रहेको ओडारमा एकनाले भरुवा बन्दुक १२ थान र तमानखोला–३ मार्के खोलाको ओडारमा एकनाले १० थान बन्दुक फेला परेको हवारीले जानकारी दिए। प्रहरीले भरुवा बन्दुकसहित स्थानीयवासीलाई विभिन्न समयमा पक्राउ गर्दै आएपछि स्थानीयवासीले डराएर ओडारमा लगेर भरुवा बन्दुक लुकाउन थालेको प्रहरीको भनाइ छ।

“बागलुङको पश्चिम क्षेत्रमा भरुवा बन्दुक लुकाउने र शिकार खेल्ने परिपाटी रहेछ, हामी निस्तेज पार्ने अभियानमा छौँ”, प्रनाउ हवारीले भने, “प्रहरीले भरुवा बन्दुक पक्राउमा सक्रियता देखाएपछि आफू फस्ने डरले केहीले ओडारमा त केहीले जङ्गलमा लुकाउन थालेका हुन्।” ओडारमा भरुवा बन्दुक लुकाइछिपाई राख्नेका बारेमा थप अनुसन्धान र खोजतलास भइरहेको प्रहरीको भनाइ ।

चर्चामा

सम्बन्धित समाचार