बाजुरा–प्रतिकुल मौसमले भिर बाट लडेर घाइते भएकि बुढिनन्दा नगरपालिका १ बस्ने १६ बर्षिय ललिता गिरीलाई चार दिन सम्म पनि उद्धार गर्न सकिएको छैन् । प्रतिकुल मौसमका कारणले चारदिन देखी कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र बाट किशोरीको थप उपचारका लागि काठमाडौ लग्ने तयराी भएपनि उद्धार हुन नसकेको प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले वताएका छन् ।
शनिवार दिउसो २ बजे मनाङ्ग ऐरको हेलिकप्टर कोल्टि एरपोटमा पुुगेपनि प्रतिकुल मौसम र पानि परिरहेका कारणले हेलिकप्टर उडन नसकेको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय शुदुरपश्चिम प्रदेशले उक्त किशोरीलाई उद्धारको लागि हेलिकप्टर पठाएको मन्त्रि पुुणर्ा जोशीले वताएकि छन् । निरन्तर लागिरहेका थियौ, हेलिकप्टर नपाएकोले ढिला भएको थियो, शनिवार हेलिकप्टर पायौ पुुगेर पनि हेलिकप्टर उडन नसकेको मन्त्रि जोशीले वताईन् । उद्धारको सबै रकम आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तिर्ने जोशीले वताएकि छन् ।
गाउँ नजिकै रहेको रुपासैनी भिरमा घास काटिरहेको बेला बुधवार साँझ भिर बाट लडेर ललिता गम्भिर घाइते भएकि हुन् । उनलाई तत्काल आफन्तले बोकेर कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा पुुयाएका थिए । उनको चार दिन सम्म कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । त्यहाँ सम्भाबना नभएको भन्दै ललितालाई थप उपचारका लागि काठमाडौ लग्न प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको थियो । ललितालाई कोल्टिमा अक्सिजनको सायतामा उपचार भइरहेको छ । बुधवार अपरान्न भिरबाट लडेर ललिता घाइते भएकि हुन् । उनी अहिले पनि अर्ध अचेत अवस्थामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टिले वताएको छ ।
बिहिवार देखी हवाइ उद्धारका लागि पहल भएको भएपनि प्रतिकुल मौसममा कारण हेलिकप्टर उड्न नसकेको आफन्त ढकराज गिरीले बताएका छन् । शुक्रवार नेपाली सेनाको हेलिकप्टर सरमुकाम मार्तडीमा उद्धारका लागि पुुगेको भएपनि कोल्टि भने जान सकेको थिएन् । मार्तडी बाट उडेर पनि पोरखे लेखमा कुहिरोका कारणले कोल्टि जान नसकेर फिर्ता भएको हो । शनिवार भने मनाङ्ग एयरलाइन्सको हेलिकप्टर कोल्टि पुुगेपनि यो समचार तयार पार्दा सम्म हेलिकप्टर उडन सकेको छैन् ।
चारदिन सम्म अचेत अवस्थामा रहेकी गिरीको उद्धारका लागि जिल्ला प्रशासन कार्यलय बाजुरा, स्थानिय सरकारले पहल गरेको बुढिनन्दा नगरपालिका नगरप्रमुख पमद कुमार गिरीले वताएका छन् । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा डिकेन्द्र सञ्ज्यालले भने उनलाई अहिले दुखाईको महशुस भए पनि अरु कुनै कुराको महशुस नभएको बताए । अक्सीजन लेभब निकै घटेको छ, अवस्था निकै जटिल रहेको डा सञ्ज्यालले बताए । घाइते ललिता हाल चन्दनाथ आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत रहेकी छन । टाउको, घाटी र ढाडमा गम्भिर चोट लागेको स्वास्थ्यकर्मीले वताएका छन् ।