सम्पत्तिको लागि किन मान्छेमा बबाल हुन्छ,
रित्ता रित्तै जाने सबैको एकैनाश चाल हुन्छ।
थाहा छैन मानव मनाउँछन जनम दीन हरु,
भन्नै गारो मान्छेको कुन अन्तिम शाल हुन्छ।
कुनै अदमरि छैन संसार भरीमा साँच्चै भनौँ,
जनम लिएका जति सबैको यँहा काल हुन्छ।
मुर्दाको मुखमा सुद्ध घ्यु राख्छन अनि पैसा,
जिउँदो आमा को अगाडी रित्तो थाल हुन्छ।
छोराले आमाको घर खेत खोस्दिन्छन कुन्नी,
त्यही छोरा हुर्काउँदा आमाको बे-हाल हुन्छ।
जस्ले आफ्नो आमा बाको मर्म बुझेन यँहा,
त्यो छोरा जति धनि भएपनि कङ्गाल हुन्छ।
धनी गरिब यही माटोमा मिलेको देख्छु मैले,
बाँच्दा सम्ममात्र बिचमा ठोलो प्रखाल हुन्छ।
सुरेशकुमार पान्डे।