भाई भाईमा पनि ठुलो दरार हुन्छ,
नीजि स्वार्थले मार्न नि हतार हुन्छ।
जब शन्तानभित्र खिचातानी भयो,
दुश्मन सँग सदै आफ्नो हार हुन्छ।
आपसमा मन मोटापा भएर होला,
भाई भाईमै पनि त मारा मार हुन्छ।
गलती जुन सुकैको भए पनि मित्र,
सजाय भने दुबैलाई एकसार हुन्छ।
संसारमै जीत्नेवाला खुबीले भन्दा,
हार्ने वाला को प्रबल आधार हुन्छ।
पुँजीवादमा कोई कसैको भर नपर्नु,
साखै शन्तानको पनि ब्यापार हुन्छ।
सुरेशकुमार पान्डे।