देशमा प्रतिगमन पनि घरि-घरि हुन्छ,
गृहयुद्ध पनि यो देशमा सदैभरी हुन्छ।
खाडि बाट आउँछ रेमिटेन्सी यँहा रता,
त्यसैमा पनि नेताहरुको मनपरि हुन्छ।
अपवाद होला देशमा निर्दोश नेताहरु,
पक्ष बिपक्षमा कम्जोरी बरो बरी हुन्छ।
भन्छन मदिरा बिरुद्धको अभियानमा,
तस्करी को ढाल बन्ने पनि प्रहरी हुन्छ।
नेताका छोराछोरी बिदेशी बोडिङ्ग मा,
गरिबका सपना सदै आँखा तरी हुन्छ।
किसानले पनि त जानैपर्छ कालापार,
कहिले खडेरी कहिले ठुलो झरी हुन्छ।
सुरेशकुमार पान्डे।