• होमपेज
  • बडिमालिका
  • सागर फैन्सीका संचालक थापा परिवारले अक्सिजन बोक्न गाडी सहयोग

सागर फैन्सीका संचालक थापा परिवारले अक्सिजन बोक्न गाडी सहयोग

  • आइतवार, जेष्ठ ९, २०७८
सागर फैन्सीका संचालक थापा परिवारले अक्सिजन बोक्न गाडी सहयोग

बाजुरा — बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा रहेको सागर फैन्सी स्टोरका संचालक प्रकाश थापा तथा जिल्ला अस्पताल बाजुराकी सिनियर अनमी धनकला थापाले जिल्लामा अक्सिजन बोक्न गाडी सहयोग गरेका छन । थापा परिवारले जिल्लामा अभियान्ताहरुको पहलमा किनेको अक्सिजन नेपालगंजबाट ल्याउन निशुल्क गाडी सहयोग गरेका हुन ।

बाजुराबाट नेपालगंज र नेपालगंजबाट बाजुरा गाडी आउन र जान मात्रै कम्तीमा ३५ हजार लाग्ने गरेको छ । तर थापा परिवारले सो रकम नलिएर निशुल्क गाडी उपलब्ध गराएका हुन । बाजुरामा जिल्ला अस्पताल बाजुरालाइ अक्सिजन ब्यबस्थापनमा सहयोग हाेस भन्ने उदेस्यका साथ साे गाडी उपलब्ध गराएकाे थापा परिवारले बताएका छन ।
कोरोना संक्रमण पछि धेरैलाई अक्सिजनको आबस्यकता पर्ने भन्दै सदरमुकाम मार्तडीमा रहेका केही अभियान्ता तथा ब्यापारीहरु यति बेला अक्सीजन ब्यबस्थापन गर्न अभियान संचालन गरीरहेका बेला थापा परिवारले बाजुराका नागरिकहरुको स्वास्थ्यमा टेवा पुर्याउनका लागि अक्सीजन बोक्न गाडी सहयोग गरेको अभियान्ता चक्र मल्लले बताएका छन ।

No description available.
मानबिय सेवामा सबैको ऐकिबद्धता हुनुपर्छ भन्ने मान्यताले सागर फैन्सी स्टोरका संचालक प्रकाश थापा र जिल्ला अस्पताल बाजुराकी सिअनमी धनकलाले यस अभियानमा सहयोग गरेको सामाजिक अभियान्ता सुरेन्द्र नाथले बताएका छन । अक्सिजन ब्यबस्थापन अभियान संचालन भए संगै जिल्लाका नागरिकको स्वास्थ्यका टेवा पुगोस अक्सिजन बोक्न गाडी सहयोग गरेको अभियान्ता नाथले बताएका छन ।

सदरमुकाम मार्तडीमा रहेका केही अभियान्ता तथा ब्यापारीहरु यतिबेला अक्सीजन ब्यबस्थापनको अभियान संचालन गरे संगै सहयोग रकम जुट्दै गएको सामाजिक अभियान्ता चक्र मल्लले बताएका छन । कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि अक्सिजन सिलिण्डर खरिद गरी जिल्ला अस्पताल बाजुरालाई दिने अभियान्ता मल्लको भनाई रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार