• होमपेज
  • बडिमालिका
  • जिल्ला अस्पतालका कम्पुटर अपरेटर हमालले अक्सिजन ब्यबस्थापनका लागि १० हजार ५ सय सहयोग

जिल्ला अस्पतालका कम्पुटर अपरेटर हमालले अक्सिजन ब्यबस्थापनका लागि १० हजार ५ सय सहयोग

  • बुधबार, जेष्ठ ५, २०७८
जिल्ला अस्पतालका कम्पुटर अपरेटर हमालले अक्सिजन ब्यबस्थापनका लागि १० हजार ५ सय सहयोग

बाजुरा — जिल्ला अस्पताल बाजुराका कम्पुटर अपरेटर मान बहादुर हमालले जिल्ला अस्पताल बाजुरामा अक्सिजन ब्यबस्थापनका लागि १० हजार ५ सय रुपैँया सहयोग गरेका छन ।
कम्पुटर अपरेटर हमालले कोबिट १९ को प्रभाव संगै धेरै कोरोना संक्रमितलाई अक्सिजनको आबस्यक पर्ने र सोको अभाव बाजुराले झेलेको भन्दै जिल्लाका सामाजिक अभियान्ताको अभियान अन्तरगत अक्सिजन ब्यबस्थापनका लागि आर्थिक सहयोग गरेको बताएका छन ।
कोरोना संक्रमणपछि धेरैलाई अक्सिजनको आबस्यकता रहेको भन्दै सदरमुकाम मार्तडीमा रहेका केही अभियान्ता तथा ब्यापारीहरु यति बेला अक्सिजन ब्यबस्थापनका लागि अभियान संचालन गरे संगै हमालले पनि सहयोग गरेको सामाजिक अभियान्ता तथा पत्रकार प्रकाश सिहंले बताएका छन ।
कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि अक्सिजन सिलिण्डर खरिद गर्न सहयोग संकलन अभियान संचालन गरिएको र यस अभियानमा सबैको सहयोग रहने अभियान्ताहरुले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार