मङ्लबार, अशोज १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • कोरोना संक्रमित बिरामी बाेक्न र शव ब्यबस्थापनका लागि वडाअध्यक्ष रावलले दिए गाडी

कोरोना संक्रमित बिरामी बाेक्न र शव ब्यबस्थापनका लागि वडाअध्यक्ष रावलले दिए गाडी

  • बुधबार, बैशाख २९, २०७८
कोरोना संक्रमित बिरामी बाेक्न र शव ब्यबस्थापनका लागि वडाअध्यक्ष रावलले दिए गाडी

बाजुरा– सदरमुकाम मार्तडी एम्बुलेन्स र शववाहन नहुदा कोरोना संक्रमित बिरामी तथा शव ब्यबस्थापनमा समस्या भइरहेको थियो । समस्या भोगिरहेका बेला बडिमालिका नगरपालिका ८ का वडा अध्यक्ष प्रकाश रावलले आफ्नो प्रभाइभेट जिव संक्रमितका बिरामी बोक्न र शव बोक्नका लागि गाडि प्रयोगमा ल्याएका छन् ।
वडा अध्यक्ष रावलले एम्बुुलेन्श र शववाहन नहुँदा प्राइभेट गाडि नबोक्ने अबस्था सिर्जना भएपछि आफ्नो प्राइभेट गाडि बडिमालिका नगरपालिकालाई दिएर सञ्चालनमा ल्याएको उपप्रमुख कबिता बिष्टले वताएकी छन् । वडा अध्यक्षले नगरपालिकालाई गाडि दिएपछि शव ब्यबस्थापनमा सहज भएको बिष्टले वताएकि छन् ।
केही दिन पहिला बडिमालिका नगरपालिका ९ का वडा अध्यक्ष बिनोद कुमार बिकलाई शनिवार जिल्ला अस्पताल बाजुराले डडेल्धुरा रिफर गरयो । कोरोना संक्रमित बिकलाई कुनै पनि प्राइभेट गाडिले लिन मानेन्न, । धेरै प्रयास गरेपछि वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश रावलले आफ्नो निजि गाडि दिएर बिकलाई उपचारका लागि डडेल्धुरा लगियो । बिकको डडेल्धुरा लिने क्रममा शनिवार साँझ अछामको साँफेबगरमा मृत्यु भएको थियो ।
वडा अध्यक्ष रावलको गाडि डाइभर नरेश थापाले पनि संक्रमित बिकलाई गाडिमा बोेकेर लगे । कञ्चनपुरको झलारि घर भएका थापाले भने यो संकटका बेला सबै भन्दा ठुला मानवियता हो, वडाअध्यक्ष रावलले गाडि दिएपछि आफुले पनि संक्रमित बोकेर लिएको वताए । यो बेला पैसा भन्दा पनि ठुलो सेवा हो थापाले वताए ।
वडा अध्यक्ष रावलले भने संक्रमित बोक्न र शव ब्यबस्थापनका लागि अन्य प्रभाइभेट गाडि खोज्दा कतै ब्यबस्थापन नभएपछि आफ्नो गाडि दिएको वताए । आफुहरुको पनि जिम्मेवारी हो अर्को मानवीय धर्म भएकाले नगरपालिकालाई शव ब्यबस्थापन र संक्रमित बोक्नलाई गाडि उपलब्ध गराएको वताए ।
दोस्रो चरणको लहर फैलिएसकेपछि बाजुरामा चार जना कोराना संक्रमितको मृत्यु भइसकेको छ । कोरोनाको कहर तिब्र रुपमा फैलिएको भएपनि बाजुराको सदरमुकाम मार्तडीमा एउटा पनि बिरामी बोक्ने एम्बुलेन्स नहुँदा निकै समस्या भएको छ ।
प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले भने सदरमुकाम मार्तडी एउटा पनि एम्बुलेन्स नहुदा निकै समस्या भएको वताए । बडिमालिका नगरपालिकालाई भारतीय राजदुताबासले ५ बर्ष पहिले हस्तान्तरण गरेको एम्बुलेन्स भने सञ्चालनमा नआउदै अलपत्र अबस्थामा रहेको छ । जिल्लामा हिमाली गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका र बुढिगंगा नगरपालिका एउटा एउटा एम्बुलेन्स सञ्चालनमा रहेका छन्, भने जिल्लाभरी ३ वटा एम्बुलेन्स भने बिग्रेर अलपत्र अबस्थामा रहेका छन् ।
जिल्ला अस्पताल बाजुराका प्रमुख डा. प्रकाश जोशीले भने एम्बुलेन्स नहुदा निकै समस्या भएको वताए । अस्पतालमा गएको बर्ष एम्बुलेन्स र शवबाहान खरिदका लागि बजेट आएको थियो । त्यो बर्ष खरिद गर्न नसकेर रकम फिर्ता भएको थियो । यो बर्ष पनि एम्बुलेन्स र शवबाहान खरिदका लागि बजेट आएको छ, बल्ल खरिद गर्ने प्रक्रियामा पुुगेको अस्पताल बाजुराका प्रमुख डा. जोशीले वताए ।

चर्चामा

सम्बन्धित समाचार