धनगढी– कञ्चनपुरमा २ विद्यार्थीसहित १ जना शिक्षकमा कोरोना संक्रमण पुस्टि भएको छ।
पुनर्वास नगरपालिका -८ मा रहेको समशिक्षा ईन्टरनेश्नल निकेतनका २ जना विद्यार्थीमा संक्रमण पुस्टि भएको हो।
सोही विद्यालयका एक जना शिक्षकमा पनि कोरोना संक्रमण पुस्टि भएको छ। सो विद्यालयको पठनपाठन यही वैशाख २५ गतेसम्मका लागि स्थगन गरिएको छ।