बाजुरा — बाजुरामा केही दिन अगाडी भारतबाट एक जना संक्रमीत आएको खवर प्राप्त भएको छ । भारतमा कोराना लागेर बाजुरा जिल्ला बुढिगंगा नगरपालिका वडा न ४ का एक युवक घर आएको जानकारी स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
उनी गौरीफन्टा नाकाबाट आएका र धनगढी नाकामा चेक गराँउदा पिसआर रिर्पोट पोजेटिभ रिपाेट सहित घर पुगेकाे कुरा जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । हाल उनी होम आइसोलेशनमा रहेको र प्रहरीले प्रत्यक्ष निग्रानी गरीराखेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख मदनजित महराले बताएका छन ।