मङ्लबार, अशोज १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिकाको पाटाकी अलपत्र आमा छोरीलाई सहयोग

बडिमालिकाको पाटाकी अलपत्र आमा छोरीलाई सहयोग

  • शुक्रबार, बैशाख १०, २०७८
बडिमालिकाको पाटाकी अलपत्र आमा छोरीलाई सहयोग

बाजुरा–बडिमालिका नगरपालिका १ पाटा बस्ने मनि गुुयाल र उनिक १० बर्षकि छोरीलाई सहयोग गरिएको छ । आमा छोरी अलपत्र परेको समचार बडमालिका खबरमा प्रकाशित पछि उनलाई सहयोग जुटेको बडिमालिका नगरपालिका उपप्रमुख कबिता बिष्टले वताएकि छन्
समचार प्रकाशित पछि जर्मन नागरिक Margarita Parrish Serra ले १० हजार, कतार बाट खग्रेन्द्र अधिकारीले ५ हजार, कृषि ज्ञान केन्द्र बाजुरा प्रमुख गोबिन्द्र सिजापतिले २ हजार, बडिमालिका नगरपालिकाले कम्बल, बाल्टिङ्ग, सरसफाई साम्रागि र नगद १ हजार सहयोग गरेको छ । संकलन भएको नगद रकम बाट खाद्यन्न, लुुगाकपडा, स्कुल डेस्र, स्टेशनरी र नगद हस्तान्तरण गरेको बडिमालिका नगरपालिका महिला तथा वालवालिका शाखा प्रमुख केशरी रोकायाले वताएकि छन् ।

No description available. मनि दानि र उनी छोरी अलपत्र परेको समचार प्रकाशित पछि नगरपालिकाको पनि ध्यान गएको उपप्रमुख कबिता बिष्टले वताईन् ।
मनि दानिका घरका अन्य सदस्य कोही नहुदा उनिहरु अरुको घरगोठमा बस्ने गरेको स्थानिय महेश दानीले वताएका छन् । मनि दानी राम्रो सँग न बोल्न सक्छन् न सुन्ने सक्ने गरेकी छन् । उनका श्रीमान अंगदानीको मृत्युपछि उनि अलपत्र बनेकी थिईन् । श्रीमानको मृत्युपछि उनि गाउँकै एक पुरुष बाट बल्कृत भएर छोरी जन्माएकि थिईन् । छोरी जन्मेकी केही समय पछि अर्को गाउँमा बिहे गरेर गएकि थिईन् ।
अर्को पुरुषले पनि उनलाइ फकाएर लग्यो, बिचमै अलपत्र गरेर छोडेको थियो । फेरी उनि पहिलो श्रीमान मृत्यु भएको ठाँउमा आएर बसीरहेकि छन् । अहिले उनि र छोरी सहित पाँटा गाँउमा बसिरहेकी छन् । सामाजिक सुरक्षा भत्ता पाएपछि छोरि सहित चामल किन्न सदरमुकाम मार्तडी आउने गरेकी छन् ।

No description available.
छोरी आकृति स्थानिय घटालेश्वरी आधारभुक्त बिद्यालयमा कक्षा ४ मा पढने गरेकी छन् । अरुको घर गोठमा बस्ने गरेकी छन्, छोरीलाई किताब कापि र कलम समेत किन्ने पैसा नहुदा समस्या रहेको स्थानियले वताएका छन् । सामाजिक सुरक्षा भत्ताले चामल किन्ने कि अन्य घर खर्च चलाउने निकै समस्या रहेको स्थानियले वताएका छन् ।

No description available.
उनि बाट छोरी जन्माउनेको पहिचान भएको भएपनि उसले केही सहयो नगर्ने गरेको छ । आकृति भनिन्, आमाले मागेर वा सकैको काम गरेर ल्याउने गर्छन् । नयाँ लुुगा किनेर नलगाएको धेरै भयो, अरुको फाटो लुुगा लगाउने गरेको वताईन् । बिद्यालयको डेस्र समेत किन्न पैसा हुदैन, कापि कलम नभएर कुुनै दिन खालि हात बिद्यालय जाने गरेको उनले वताईन् ।
आकृतिले थपिन्, आमा न बोल्न सक्छन् न राम्रो सँग सुन्न सक्छन्, आफुुलाई लाटिकी छोरी भनेर अपहेलना गर्ने गरेको वताईन् । गाउँलेल तिम्रो बुवा गाउँकै एकजनालाई हुन भनेको भएपनि आफुले उहाँ बाट केही सहयोग नपाएको वताईन् ।

चर्चामा

सम्बन्धित समाचार