• होमपेज
  • समाचार
  • कैलालीमा प्रहरीको गाडीले दियो कारलाई ठक्कर

कैलालीमा प्रहरीको गाडीले दियो कारलाई ठक्कर

  • शुक्रबार, बैशाख १०, २०७८
कैलालीमा प्रहरीको गाडीले दियो कारलाई ठक्कर

धनगढी– कैलालीमा प्रहरीको गाडीले कारलाई ठक्कर दिएको छ।

शुक्रबार जिल्लाको गोदावरी नगरपालिका –४ बसन्तपुरमा अत्तरियाबाट पूर्वतर्फ गइरहेको बा १ ग २५६९ नम्बरको प्रहरीको गाडीले पश्चिमतर्फ आइरहेको प्रदेश ३ ०१०२४ च २५७३ नम्बरको कारलाई ठक्कर दिएको हो।

ठक्करबाट मानवीय क्षती नभएको, कार र प्रहरीको गाडीमा क्षति भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार