• होमपेज
  • समाचार
  • बाँकेमा ९ गतेदेखि लकडाउन हुने

बाँकेमा ९ गतेदेखि लकडाउन हुने

  • बुधबार, बैशाख ८, २०७८
बाँकेमा ९ गतेदेखि लकडाउन हुने

काठमाडौं– बाँकेमा यही वैशाख ९ गतेदेखि लकडाउन हुने भएको छ।

जिल्लामा तीव्र रुपमा कोरोना संक्रमण फैलिएपछि वैशाख ९ गतेदेखि एक सातासम्मका लागि लकडाउन गरिने बताइएको छ।

बाँकेका प्रमुख जिल्ला अधिकारीलाई मंगलबार बसेको कोरोना संकट व्यवस्थापन समितिको सर्वपक्षीय बैठकले वैशाख ९ गते बिहीबारदेखि लकडाउन गर्न आग्रह गरेको जनाइएको छ।

बाँकेमा केही दिनयता दैनिक २ देखि ३ सयसम्म संक्रमित थपिन थालेका छन् भने दैनिक ३ जनासम्मको मृत्यु हुन थालेको छ।

चर्चामा

सम्बन्धित समाचार