सिराहा — सिराहाको लहान नगरपालिका २२ मा सुनचाँदी पसल गर्ने एक युवकलाई लुटेरा समूहले गोली हानेर हत्या गरेका छ ।
हत्या गरिएका व्यक्तिको पहिचान खुल्न सकेको छैन ।
लुटेराले ती यूवकका श्रीमतीलाई समेत गोली हानेको र उनलाई गम्भीर अवस्थामा उपचारका लागि स्थानीय सप्तऋषि अस्पताल लगिएको सिरहाका एसपी सुदीपराज भण्डारीले बताए ।
प्रहरी अहिले घटनास्थलमा पुगेको र थप अनुसन्धान गरिरहेको एसपी भण्डारीले बताए।