
गरीबको जिन्दगि दुःखको जंञ्जाल भएपछि,
देशको ठाउँ-ठाउँमा अँझै अनिकाल भएपछि।
देश शुरक्षित हुँन सकिन हाम्रो हामि वीर हुँदा,
दुश्मनको दृष्टीमा कर्णाली र हिमाल भएपछि।
सजग त हुँनै पर्दछ नेपाली शन्तान लाई आज,
धेरै जसो अतिकर्मण पनि फिलहाल भएपछि।
झन पछि झन तरलतामा गयो हाम्रै देश आज,
नेताहरु को सडक र संसदमा बबाल भएपछि।
यो देशका जनताहरु त सदियौँ देखी वीर थिए,
देश बन्न नसक्नु नेताको खराब चाल भएपछि।
छाडिन देशको श्रोत साधन पनि खोसेर लग्यो,
खुसिछ तस्कर चन्दन र पशुको खाल भएपछि।
कसरी बिकाश हुँन सक्थ्यो हाम्रो देशमा भनत,
देश समेत बिदेशी मण्डि सालौ साल भएपछि।
