शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • कला /साहित्य
  • सबैको सपना थियो नौलो जनवाद

सबैको सपना थियो नौलो जनवाद

  • आइतवार, चैत्र १, २०७७
सबैको सपना थियो नौलो जनवाद

जन आन्दोलनले पनि जनताको कत्ति हित हुँन सकिन,
बलिदान दिई ल्याएता पनि जनताको जीत हुँन सकिन।

सबैको सपना थियो नौलो जनवाद र समाजवाद याँहा,
त्यो अहिले सम्म पनि त कतै अंश अंकित हुँन सकिन।

पुँजिवादी ब्यबस्था जस्को लाठि उसैको भएकोछ भैँशी,
यो ब्यबस्था कहिलेई गरिखाने बर्गको मित हुँन सकिन।

त्यो निरंकुश लाई फाल्न कम्मर कसेका भए पनि हामी,
उस्तै अबस्थाछ त्यो भन्दा कत्तिनी बिपरीत हुँन सकिन।

जनताकै हुँकारले घुडा टेकाएको थियो तानाशाह लाई,
तर अवसरबादले गर्दा गन्तब्य तर्फ लछित हुँन सकिन।

सर्वहारा सुकुम बासी लाई भनेर योजना बनाएता पनि,
श्रमजीवी बर्गको हितमा त्यही गीत संगित हुँन सकिन।

चर्चामा

सम्बन्धित समाचार