धनगढी–भागरथीको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका किशोर उनको न्याय माग्दै हुने प्रर्दशनमा समेत दैनिकजसो सहभागी हुने गरेको खुलेको छ।
सनातन धर्म माध्यमिक विद्यालयमै अध्ययनरत उनी भागरथीको न्यायका लागि स्थानीय खोचलेक बजारसहितका ठाउँमा गरिने प्रर्दशनमा उनी सहभागी हुने गरेको प्रहरीले बताएको छ।
तर प्रर्दशनका क्रममा देखाउने शंकास्पद गतिविधिका कारण प्रहरीले सुरुदेखि नै निगरानीमा राखेर उनका गतिविधि अध्ययन गरिरहेको थियो।
मृतक भागरथीका परिवारले समेत उनीमाथि आशंका गरेका कारण निगरानी बढाएको प्रहरीेले अन्ततः उनैले बलात्कारपछि भागरथीको हत्या गरेको खुलेको प्रहरीले बताएको छ।
अभियुक्तले बयानका क्रममा समेत आफूले नै भागरथीको हत्या गरेको स्वीकार गरिसकेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयले बुधबार दिउँसो पत्रकार सम्मेलन गरेर उनलाई सार्वजनिक गर्दैछ। गत माघ २२ गते विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकी भागरथीको शव भोलीपल्ट हत्या गरेको अवस्थामा स्थानीय लवलेक सामुदायिक वनमा फेला परेको थियो।
घटनाको अनुसन्धानमा प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग गरेको थियो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी आफै घटनाको अनुुसन्धानमा खटिएका थिए। #दिनेश खबर