संघियता सरकार बढी खर्चिलो भयो,
हाम्रो देशकै लागि धेरै बोझिलो भयो।
देश टुक्रा टुक्रा भए छिन्न भिन्न हुनेछ,
यही ब्यबहार दुष्ट लाई सजिलो भयो।
शुन्दर हिमाल तराई र पहाड मिलेको
स-साना टुक्रा बिदेशी को बिलो भयो।
सात दशकमै आएको सम्बिधान पनी,
संघियताले गर्दानै बढी अमिलो भयो।
भूमाफिया र भ्रष्टचारी दलाल हरु पनी,
स्वर्ग तुल्य देशमै छातिको किलो भयो।
जन चाहाना आमूल परिवर्तन हुँनु पर्छ,
जुन सरकार आएपनि अगत्तिलो भयो।
न ढाटी भन्छ यो सेतेले सुनौत सरकार,
संघियतानै देशको छातिमा पिलो भयो।