
बाजुरा–बैतडीमा बिहीबार मृत अवस्थामा फेला परेकी भागरथी भट्टको हत्यामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याई कारबाही गर्न नेपाल महिला संघ बाजुराले सरकारसँग माग गरेको छ।
महिला संघ बाजुराका अध्यक्ष अमृता सिंहकाे हस्ताक्षरित ज्ञापन पत्र जिल्ला प्रशासन कार्यलय बाजुरा मार्फत गृह मन्त्रिलाइ ज्ञापनपत्र बुुझाएको छ । उक्त घटनाको तत्काल निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न, अनुसन्धानको क्रममा साक्षीको सुरक्षा र प्रमाण सङ्कलनमा विशेष सावधानी अपनाउन, घटनामा संलग्न दोषीको शीघ्र पहिचान गरी कानुनी दायरामा ल्याउन र पीडित परिवारलाई अन्तरिम राहत उपलब्ध गराउन समेत सरकारसँग आग्रह गरेको अध्यक्ष सिंहले वताएकि छन् ।
बैतडीकाे दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको भएकाे प्रहरिले आशंका गरेको छ ।
