मिल्दैन न्याय निसाब ति निर्मला लाई देशमा,
हक अधिकारछैन यस्ता अबला लाई देशमा।
मर्छन अकाल मा यो देशका छोरी गाउँ सहर,
लुट्टिन्छन इज्जत सेरिन्छन गला लाई देशमा।
जन्माए हुर्काए छोरा संझे मुटु खान्छन उसैले,
छाउ गोठमा हेरौँ बिबश छन हरिकला देशमा।
दुई बर्ष बित्यो न्याय मिलेन त्यही पिडितलाई,
कसरी न्यायदिने यँहा जल जला लाई देशमा।
कु सँस्कारछ समाजमा उस्तैछ राजनीति पनी,
कसैले पनि ता भन्दैनन गर भला लाई देशमा।
दिनौ बलत्कार हत्या चेली निस्किन धौ-धौ छ,
छुन सकिएन त्यो न्यायाको तला लाई देशमा।