
बाजुरा–सरकारले बाजुराको त्रिवेणी नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको कार्यालयमा कार्यरत उपसचिव बुद्धि प्रसाद उपाध्यायलाई त्रिवेणीको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा खटाएको हो ।
नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत टेक बहादुर मौनीलाई यसअघि मन्त्रालयले खप्तड छेडदह गाउँपालिकामा खटाएको छ ।
त्यस्तै मन्त्रालयले यसअघि प्रमुख प्रशासकीय अधिकृत पद रिक्त रहेर निमित्तका भरमा चलिरहेका पाँच स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाई सकेको छ । जसअनुसार बुढीगंगामा उपसचिव भोजबहादुर ऐडी र बुढीनन्दा नगरपालिकामा विनोद कुमार पौडेल, खप्तड छेडेदहमा टेक बहादुर मौनी, जगन्नाथमा हेमन्त चुनारा र स्वामीकार्तिक खापरमा रमेशसिंह भण्डारीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा खटाएको छ ।
अब दरवन्दीअनुसार प्रमुख प्रशासकीय अधिकृत खटाइएसँगै ति पालिकाहरुमा सेवा प्रवाहसँगै प्रशासनिक कामकाज थप व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।


