शुक्रबार, बैशाख ७, २०८१

हाम्रो दुुइ बर्ष

  • मङ्लबार, माघ २७, २०७७
हाम्रो दुुइ बर्ष

डिजीटल प्रबधिको युग संगै बाजुरा जिल्लामा दुुइ बर्ष अगाडीदेखी संचालनमा आएको बडिमालिका मिडिया हाउसद्धारा संचालित बडिमालिका खवर डट कम अनलाइन आजदेखी दुुइ बर्ष पुरा गरि तेस्रो बर्षमा प्रबेश गरेको उपलक्ष्यमा अनलाईनलाई माया गर्नुहुने सम्पुर्ण शुभचिन्तक पाठकबर्ग बिज्ञापनदाता, स्थानीयतह राजनैतिकदल, पत्रकार, नागरिक समाज, लगायत सम्पुर्ण शुभचिन्तकहरुमा शुभकामना ब्यक्त गर्दछौ । बडिमालिका खवर आजबाट तेस्रो वर्षमा प्रवेश गरेको छ । द्रुत रुपमा विकसित भइरहेको डिजिटल युगको माग पूरा गर्ने, डिजिटल समाचारको अपरिहार्यतालाई पूरा गर्ने दौरानमा दुुई वर्षे यात्रालाई हामीले ठूलो अनुभवका रुपमा लिएका छौं ।
हामीले जुन उत्साह, योजना र लगानीका साथ नेपाली डिजिटल मिडियामा एउटा नयाँ शुरुवात गरेका थियौं, त्यसको सफलता परिणामबाटै सिद्ध गर्न सफल भएका छौं । हामीले यो यात्राको समग्र समीक्षा गर्दै स्पष्ट योजना र नीतिका साथ हामी प्रगतिशील भविष्यतर्फ लम्कने प्रण गर्दछौं ।
दुुई वर्षे यात्रा हाम्रो लागि लामो यात्राका लागि अनुभव र सिकाईको पूँजीका रुपमा रहेको छ । यो दुुइ वर्षमा अनलाइन पत्रकारितामा बडिमालिका खवर डट कम सशक्त माध्यमको रूपमा उदाइसकेको छ । दुुइ वर्षे यात्रा हामीले चुनौतीलाई अवसरमा मात्र बदलेका छैनौं बरु छोटो समयमै प्राप्त गरेको ख्याति भनेकै समस्त पाठकहरुको विश्वास जित्न सफल भएका छौं ।
हाम्रो यो यात्रामा थोरै भएपनि हामीले सामाजिक सेवा समेत गरेका छौ । पछाडी परेका वर्गको सवाल मात्र उठान नभई हामी उनिहरुको घाउमा मलम लगाउने काम गरेका छौ, औषधि अभाबमा जिवनमरणमा रहेकालाई नयाँ जिवन दिन मिडिया हाउसले सहयोग गरेका छौ । कोरोकाले बिश्वभरी मिडिया हाउस प्रभाबित रहँदा हाम्रो मिडिया हाउस त्यस बाट अछुतो रहन सकेन्, कोरोनाको बेला सवाल उठान मात्र नभई त्यो समय संकटमा परेका परिवारलाई सहयोग गरेका थियौ ।
तपाईंहरुको विश्वास नै हाम्रो सम्पति हो । हाम्रो सफलताको श्रेय तपाईं पाठकहरुमै जान्छ । अनलाइन पत्रकारिता अब मुलधारमा उदाइसकेको छ । बडिमालिका खवर अनलाइन समाचारहरुको भीडमा छुट्टै स्थान बनाउन सफल भएको हाम्रो ठम्याइ छ । दुुइ वर्षे यात्राको फेहरिस्त तपाईंहरु सामु छर्लङ भइसकेको छ । हाम्रो आकार, प्रतिष्ठा र व्यापारले नै यसको मूल्यांकन गर्दछ भन्ने हामीलाई लाग्दछ ।
निष्पक्ष, स्वतन्त्र, सन्तुलित र निर्भिकतापूर्वक समाचार सामग्री प्रवाह गर्ने दायित्वबाट हामी कदापि विचलित हुने छैनौं । हामीलाई लाग्छ हाम्रो आफ्नै पहिचान र स्थान बनिसकेको छ । हामी आत्मप्रशंसामा शब्द खर्चदैनौं किनकी हामीले सिक्नुपर्ने पाटाहरु धेरै छन् । हामी हाम्रो सामग्रीहरुमा मात्र थप विविधता ल्याउनेछौं। हाम्रो सफलताको दुुई वर्षे यात्राका क्रममा हामीलाई सहयोग गर्नुहुने पाठक, शुभेच्छुक, विज्ञापनदाता, पत्रकार तथा कर्मचारी सबैमा धन्यवाद दिन चाहन्छौं । हाम्रो यात्राका क्रममा तपाईंहरुको सल्लाह र सुझावलाई आत्मसात गर्दै सिकाइबाट अनुभव प्राप्त गर्दै अघि बढ्नेछौं ।

चर्चामा

सम्बन्धित समाचार