बुधबार, असार २५, २०८२
  • होमपेज
  • बाजुरा बिशेष
  • खोलाले बगाएर बेपत्ता भएका पूर्व वडा सदस्यको शव फेला

खोलाले बगाएर बेपत्ता भएका पूर्व वडा सदस्यको शव फेला

  • सोमवार, असार ९, २०८२
खोलाले बगाएर बेपत्ता भएका पूर्व वडा सदस्यको शव फेला

बाजुराको गौमुल गाउँपालिका-३ मा खोलाले बगाएर बेपत्ता भएका एकजना पूर्व वडा सदस्य धन बहादुर बाेहराको शव फेला परेको छ। आइतबार ४५ वर्षीय धन बहादुर बोहरा खोलाले बगाएर बेपत्ता भएका थिए।

उनको शव सोही वडाको तीन नम्बर वडाकै खाेलामा फेला परेको प्रहरीले जनाएकाे छ। दिउँसो करिब २ बजेर ४५ मिनेटतिर उनलाई खोलाले बगाएको थियो। घट्टको पाथर तार्ने क्रममा रौदिखोला उर्लेर आएपछि उनी बगेका थिए।

आइतबार दिउसो खोलाले बगाएर बेपत्ता पारेको स्थानीयले खबर गरेपछि प्रहरी र स्थानीयहरुले खोजी गर्दा नभेटिएको राति भएकाले समस्या हुँदा आज विहान ७ बजेर ३० मिनेटमा खोजी गर्दा आगरमा भेटिएको बताए ।
घटनाको थप विवरण संकलनका लागि जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक जनक बहादुर बोहराको नेतृत्वको टोली घटनास्थलमा गएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार