बाजुरा– बडीमालिका नगरपालिका नगर स्तरीय युवा सञ्जालका अध्यक्ष सन्तोष विकले रक्तदान गरेका छन् । उनले स्वर्गीय आमा किट्टी विकको ९ महिने श्राद्धको अवसरमा रक्तदान गरेका हुन् ।
सन्तोषले आमाको श्राद्ध सम्झनामा बडीमालिका ९ कि सुत्केरी कौषीला विकलाई रक्तदान गरेको बताएका छन् । शल्यक्रिया गरेर बच्चा पाएकी विक रगत अभावमा जिल्ला अस्पतालमा रहेको भन्दै ज्यान जोगाउन रक्तदान गरेको उनले बताए ।