शुक्रबार, साउन ३, २०८२
  • होमपेज
  • बजार
  • सुनचाँदी व्यवसायीले प्रधानमन्त्रीलाई भने – व्यवसाय धराशायी हुन्छ, पुनः विचार गरियोस्

सुनचाँदी व्यवसायीले प्रधानमन्त्रीलाई भने – व्यवसाय धराशायी हुन्छ, पुनः विचार गरियोस्

  • मङ्लबार, असार ३, २०८२
सुनचाँदी व्यवसायीले प्रधानमन्त्रीलाई भने – व्यवसाय धराशायी हुन्छ, पुनः विचार गरियोस्

काठमाडौँ —सुनचाँदी व्यवसायसँग सम्बन्धित सङ्घ–संस्थाका प्रतिनिधिले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुनचाँदी कारोबारमा दुई प्रतिशत विलासिता कर लगाउने व्यवस्थाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्रीसँग मंगलबार भेट गर्दै उनीहरुले यसबारे ध्यानाकर्षण गराएका हुन् ।

भेटमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घका अध्यक्ष किसान सुनार, नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष अर्जुन रसाइली र नेपाल रत्न तथा आभूषण सङ्घका अध्यक्ष सुमनमान ताम्राकारसहितको टोली सहभागी थियो ।

त्यसअवसरमा उनीहरुले करको व्यवस्था लागु गर्दा आफूहरूको व्यवसाय धरासयी हुने भएकाले पुनः विचार गर्न माग गरेका छन् । व्यवसायीहरूले कर र भन्सारका दर छिमेकी भारतको भन्दा बढी हुँदा नेपाली व्यवसायले प्रतिस्पर्धा गर्न नसक्ने भएकाले उक्त व्यवस्था कायम रहे आफूहरू आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए ।

चर्चामा

सम्बन्धित समाचार