बाजुरा– त्रिबेणी नगरपालिका स्थित पार्बती माध्यमिक विद्यालय पैमाले ४३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह मनाएको छ । समारोहको उद्घाटन त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर थापा गएका थिए ।
उद्घाटन समारोहमा नगर प्रमुख थापाले विद्यालयको शैक्षिक प्रगति र सामुदायिक योगदानको प्रशंसा गर्दै आगामी दिनहरूमा थप गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय प्रशासनलाई शुभकामना व्यक्त गरे । स्थानीय सरकारको तर्फबाट आवश्यक सहयोग र सहकार्यको प्रतिबद्धता पनि जनाए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापकले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । प्रसतवेदनमा शैक्षिक उपलब्धि, भौतिक पूर्वाधार विकास, र अतिरिक्त क्रियाकलापहरूको विवरण समावेश गरिएको थियो । विद्यार्थीहरूले विज्ञान प्रदर्शनी, नृत्य, नाटक, र अन्य सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए ।
कार्यक्रमको समापनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुर्ण बहादुर खत्रीले सबै अतिथि, अभिभावक, शिक्षक, कर्मचारी, र विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गरेका थिए । समारोहले विद्यालय र समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाएको विश्वास गरिएको उनले बताए ।