• होमपेज
  • समाज
  • उपचार अभावमा जीवनमरणको दोसाँधमा त्रिवेणी ७ की मुटुको बिरामी निर्मला

उपचार अभावमा जीवनमरणको दोसाँधमा त्रिवेणी ७ की मुटुको बिरामी निर्मला

  • बुधबार, जेष्ठ १, २०८२
उपचार अभावमा जीवनमरणको दोसाँधमा त्रिवेणी ७ की मुटुको बिरामी निर्मला

बाजुरा—बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ लामागडाकी १७ बर्षीय निर्मला पाध्याय मुटुको बिरामीले थला परेकी छन् । मुटुको समस्याले लामो समयदेखि ग्रसित निर्मला पैसा नहुँदा उपचार अभावमा थला परेकी हुन् ।

परिवारले निर्मलाको उपचारका लागि भारतसम्म पुगाए पनि त्याँहा अस्पतालले लाखौं रुपैयाँ लाग्ने भनेपछि फेरी घरमै ल्याएका छन् । मुटुको समस्याले बिरामी परेकी निर्मलाको उपचार गर्न पैसा नहुँदा उपचार अभावमा अलपत्र अवस्था रहेकी परिवारले जनाएको छ ।

करिब ५ बर्षअघि मुटुको समस्या देखिएपछि उपचार गर्न भारत लिए पनि पैसा नहुँदा अहिले घरमै थला परेकी छन् । कक्षा ९ मा पढ्ने निर्मला बिरामी भएपछि पढाई समेत प्रभावित भएको छ भने उनी अहिले जीवनमरणको दोसाँधमा छन् । उनका बुवा हिरालाल पाध्याय रोजगारीको सिलसिलामा भारतमा छन् ।

निर्मलाकी आमा सेतुदेवि पाध्यायले छोरीको उपचार गर्न भारत लिएको र अस्पतालले १२ लाख खर्च लाग्ने भनेपछि पैसा नहुँदा घरमा ल्याएको बताइन् । छोरीलाई बचाउन पशुचौपाय बेचेर पनि उपचारका लागि पैसा जुटाउन नसक्दा अहिले घरमै थला परेकी बताइन् । उनले छोरीको उपचार त टाढाको कुरा हो अहिले हेरचाह र पालनपोषण गर्नै आफूलाई समस्या भएको समेत दुखेसो पोखिन् । उनले भनिन्, “लामो समयदेखि छोरीको उपचार हुन्छ भन्ने आशले घर छोडेर भारतमै बसे, घरमा खेति लगाउन सकिन, अहिले एकातिर छोरी र अर्कोतिर खेतिपाती गर्न धौधौ छ ।” उनले छोरीको उपचार गर्न नसक्दा छोराको पनि समेत पढाई रोकिएको बताइन् ।

त्यस्तै उनले लामो समयदेखि मुटुको बिरामीले थला परेपनि पैसा नहुँदा छोरीको उपचार गर्न नसकेको भन्दै सहयोगका लागि सबैलाई अपिल गरेकी छन् ।

चर्चामा

सम्बन्धित समाचार