बाजुरा— बाजुराको खप्तड छेडेदह गाउँपालिकामा दुई दिने आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराको आयोजनामा खप्तड छेडेदह गाउँपालिका वडा न ५ मा स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराका प्रमुख रंग बहादुर कार्कीको अध्यक्षतामा संचालन भएको शिबिरमा खप्तड छेडेदह गाउँपालिका वडा न ५ का वडाअध्यक्ष जित बहादुर रावतको प्रमुख आतिथ्यमा संचालन गरिएको थियो ।
माघ १६ र १७ गते संचालन भएको आयुबेर्द स्वास्थ्य शिबिरमा ३ सय ९३ जना महिला, ४ सय ११ पुरुष, ७८ जेष्ठ नागरिक र ५१ जना स्थनपायी आमा गरि ९ सय ३३ जनाले सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराका प्रमुख रंग बहादुर कार्कीले बताएका छन ।