आइतवार, मंसिर २३, २०८१
  • होमपेज
  • बजार
  • सरकारले भन्सार दर घटाएपछि सुनको भाउ एकैदिन १५ हजार ९ सयले घट्यो

सरकारले भन्सार दर घटाएपछि सुनको भाउ एकैदिन १५ हजार ९ सयले घट्यो

  • सोमवार, मंसिर १०, २०८१
सरकारले भन्सार दर घटाएपछि सुनको भाउ एकैदिन १५ हजार ९ सयले घट्यो

सरकारले भन्सार दर घटाएपछि स्थानीय बजारमा सुनको भाउ ह्वात्तै घटेको छ। आज सुन प्रतितोला १५ हजार ९ सय रुपैयाँले घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्य १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम गरेको छ। आइतबार प्रतितोला सुन १ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी सुनको भाउ घटेसँगै चाँदी पनि घटेको छ। आज ११५ रुपैयाँले घटेर प्रतितोला चाँदी १८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन प्रतितोला चाँदी १९ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सुनको भन्सार दर २० बाट १० प्रतिशत कायम गर्ने निर्णय गरेको थियो। यसअघि सुन आयातमा सरकारले २० प्रतिशत कर लिँदै आएको थियो। यसैगरी चाँदीको भन्सार दर १५ प्रतिशतबाट १० प्रतिशतमा झरेको छ।

चर्चामा

सम्बन्धित समाचार