बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • त्रिवेणी
  • बडिमालिकामा टावर बनाउन प्रशासन कार्यालयद्धारा नेपाल टेलिकमलाई पत्राचार

बडिमालिकामा टावर बनाउन प्रशासन कार्यालयद्धारा नेपाल टेलिकमलाई पत्राचार

  • बिहिबार, अशोज २४, २०८१
सेयर गर्नुहोस् :
बडिमालिकामा टावर बनाउन प्रशासन कार्यालयद्धारा नेपाल टेलिकमलाई पत्राचार

बाजुरा– धार्मीक पर्यटीकय क्षेत्र बडिमालिका आसपासमा नेपाल टेलिकमको टावर बनाउन जिल्ला प्रशासन कार्यालय बाजुराले नेपाल टेलिकमलाई पत्राचार गरेको छ । बडिमालिकाको दर्शन तथा घुम्न जाने पर्यटकले तीन दिनसम्म सम्पर्क विच्छेद हुनुपरेको र सुरक्षाको दृष्टीकोले थ्रेड रहेको भन्दै प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायले टेलकमलाई पत्राचार गरेको हो ।

सदरमुकाम मार्तडी लगायत जिल्लाका चारवटै सिमानाबाट बडिमालिका जाँदा उकालो चड्नुपर्छ । मार्तडीबाट भितोचिन्नासम्म्म टेलिफोन लाग्छ । छतारा र कैलाशमाडौंबाट विष्नुपानी सम्म सञ्चार सम्पर्क हुन्छ भने उता बुढिनन्दा नगरपालिका र जगन्नाथ गाउँपालिकाको सिमाना भएर आउने यात्रुले कालापाटन सम्म टेलिफोन सम्पर्क गर्न सक्छन् , त्यसपछि कतै सञ्चार सम्पर्क हुँदैन ।

प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले सञ्चार नहुंदा बडिमालिका क्षेत्रमा सुरक्षा चुनाैती रहेकाेले त्यहा फोन टावर राख्न आबस्यक रहेको भन्दै मंगलवार नेपाल टेलिकम प्रादेशिक कार्यालय अत्तररिया कैलालीलाई टावर निर्माण गर्न पत्रचार गरेका छन । बडिमालिका क्षेत्रको उपयुक्त पायक पर्ने स्थानमा टेलिफोन टावर स्थापना गर्न आवस्यक व्यवस्थाका लागि अुरोध छ प्रजिअ पाध्याद्वारा हस्ताक्षेरित पत्रमा उल्लेख छ ।

चर्चामा

सम्बन्धित समाचार