सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • समाज
  • यस्ता छन् पुरुषभन्दा महिलाका फरक क्षमताहरू

यस्ता छन् पुरुषभन्दा महिलाका फरक क्षमताहरू

  • शुक्रबार, चैत्र ३०, २०८०
यस्ता छन् पुरुषभन्दा महिलाका फरक क्षमताहरू

महिला र पुरुषको शरीर बाह्य रूपमा जसरी भिन्न हुन्छ त्यसरी नै आन्तरिक अंगको बनावट र क्रियाशैलीमा पनि अन्तर हुन्छ । यद्यपि, अधिकांश पुरुषलाई महिलाको शरीरबारे धेरै जानकारी हुँदैन । महिलाको शरीरको संरचना, प्रजनन अंग र महत्त्वपूर्ण अंगको बनावट र कार्यशैली पुरुषभन्दा धेरै नै भिन्न हुन्छ ।

यी हुन् महिलाको शरीर बारे १० तथ्य

१- महिलाको शरीरमा पुरुषको भन्दा धेरै बोसो हुन्छ । बोसो स्तन, नितम्ब, तिघ्रा र पेटमा जम्मा हुने गर्दछ ।

२- महिलाको स्तनको आकार दुवै समान हुँदैनन् । अर्कोभन्दा अलि ठुलो वा सानो हुन्छ ।

३- महिलाको शरीरमा भएको हर्मोन कार्डियो प्रोटेक्टिभ हुन्छ जसले पुरुषको तुलनामा हृदयघातको समस्याबाट बचाउँछ ।
– महिलाको कलेजो, पेट, थाइराइड ग्रन्थी र मिर्गौलाको आकार पुरुषभन्दा ठुलो हुन्छन् । मुटु र फोक्सो भने साना हुन्छन् ।

५- महिलाको प्रजनन क्षमता पुरुषको भन्दा कम हुन्छ । उनीहरू ४५-५० वर्षसम्म मात्रै आमा बन्न सक्छन् ।

६- महिलाको हड्डी पुरुषको तुलनामा हल्का हुन्छ । त्यसको बनावट पनि तुलनात्मक रूपमा सानो हुन्छ ।

७- महिलाको जिब्रोमा पुरुषको तुलनामा धेरै टेस्ट बड्स हुन्छन् । यसले धेरै स्वाद पहिचान गर्न सक्छ ।

८- महिलामा धेरै पेन रिसेप्टर्स (पीडा सहने क्षमता) हुन्छन् । तर त्यो एस्ट्रोजन हर्मोनका कारण धेरै पीडा सहन पनि सक्छन् ।

९- महिलाको दिमागमा स्पिचका दुई सेन्टर्स हुन्छन् । त्यो पुरुषको तुलनामा धेरै आवाज निकाल्न सक्छन् ।

१०- महिलाको आँखाको ज्योति पुरुषको तुलनामा धेरै राम्रो हुन्छ । महिलाहरू राती पुरुषको तुलनामा स्पष्ट देख्न सक्छन् ।

-विभिन्न एजेन्सीको सहयोगमा

चर्चामा

सम्बन्धित समाचार