शुक्रबार, असार २८, २०८१
  • होमपेज
  • समाज
  • मृगौलाबाट पीडित बैतडीका एक किशोरको निधन

मृगौलाबाट पीडित बैतडीका एक किशोरको निधन

  • सोमवार, चैत्र २६, २०८०
मृगौलाबाट पीडित बैतडीका एक किशोरको निधन

बैतडी— दुवै मृगौला फेल भएर उपचार गराउँदै आएका बैतडीका एक किशोरको निधन भएको छ।

जिल्लाको डिलाशैनी गाउँपालिका–५ खोलिगाउँका धनदेव नाथका छोरा रमेश नाथको १९ वर्षको कलिलो उमेरमा निधन भएको हो। मृगौला पीडित नाथको उपचारको क्रममा काठमाण्डौँको बिर अस्पतालमा सोमवार निधन भएको हो।

दुबै मृगौला फेल भएर उपचार गराइरहेका नाथको निधन भएको परिवारका सदस्यले बताएका छन्। उनलाई बचाउन सामाजिक सञ्जाल फेसबुकमा आर्थिक अभियान पनि सञ्चालन गरिएको थियो। तर उनको उपचारकै क्रममा निधन भएको हो। केहि वर्ष पहिले नाथकी दिदीको पनि मृगौला फेल भएर निधन भएको थियो।

चर्चामा

सम्बन्धित समाचार