शुक्रबार, साउन ४, २०८१
  • होमपेज
  • समाज
  • बडिमालिका ५ मा हावाहुरीले विद्यालयसहितका भौतिक संरचनामा क्षति

बडिमालिका ५ मा हावाहुरीले विद्यालयसहितका भौतिक संरचनामा क्षति

  • शनिबार, चैत्र १७, २०८०
बडिमालिका ५ मा हावाहुरीले विद्यालयसहितका भौतिक संरचनामा क्षति

राजेन्द्र विक— बाजुराको बडिमालिका नगरपालिका ५ मनामा आज दिउँसो चलेको हावाहुरीले विभिन्न भौतिक संरचनामा क्षति पुर्याएको छ। दिउँसो करिब १ बजे चलेको हावाहुरीले कैलाशेश्वरी माध्यामिक विद्यालयको जस्तापाताले छाएको छानो, ,दलित भवनको छानो र सहरी स्वास्थ्य केन्द्रको छानाेका जस्तापाता उडाएको हो।

 करिब १० मिनेटसम्म चलेको तिव्र हावाहुरीले गाउँभरिका प्रायः जस्तापाता र खरले छाएका घर तथा चर्पिहरुका छानाहरु उडाएर भौतिक संरचनामा लाखौंको क्षती भएको वडा सदस्य रनशिंह साउदंले बताएका छन् ।

हावाहुरीले छानो उडाए संगै कैलाशेश्वरी मावि, र दलित भवन भित्र रहेका सामग्रीहरुमा समेत क्षती गरेको र ती सामग्रीहरु स्थानियको पहलमा सुरक्षित ठाउँमा सारिएको जनाइएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार