शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • क्रिकेट
  • नेपालसामु जितका लागि २ सय २५ रनको लक्ष्य

नेपालसामु जितका लागि २ सय २५ रनको लक्ष्य

  • शनिबार, चैत्र १७, २०८०
नेपालसामु जितका लागि २ सय २५ रनको लक्ष्य

काठमाडौं— आयरल्यान्ड एले नेपाल एलाई २२५ रनको लक्ष्य प्रस्तुत गरेको छ। टियु क्रिकेट मैदानमा टी-२० शृंखलाको दोस्रो खेलमा टस हारेर ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित ओभरको खेलमा ६ विकेट गुमाएर २२४ रन बनायो।

आयरल्यान्डका लागि निल रकले सर्वाधिक ७१ रन बनाए। ३४ बलमा उनले ७ छक्का र १ चौकासहित ७१ रनमा अविजित रहे। त्यस्तै पिटर मुरले सर्वाधिक ६५ रन बनाए भने जेम्स मोकुलमले २६, रोस अदैरले १७, गेरेथ डीलेनीले १० र फिओन ह्यान्डले १९ रन बनाए।

नेपालका लागि सागर ढकालले ३ विकेट लिए। त्यस्तै कमल ऐरी र पवन सर्राफले १-१ विकेट लिए।

चर्चामा

सम्बन्धित समाचार