सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • समाचार
  • कुरिनटारबाट ट्याक्सी त्रिशूली नदीमा खस्यो, एक जनाको शव फेला, ४ जना बेपत्ता

कुरिनटारबाट ट्याक्सी त्रिशूली नदीमा खस्यो, एक जनाको शव फेला, ४ जना बेपत्ता

  • शनिबार, चैत्र १७, २०८०
कुरिनटारबाट ट्याक्सी त्रिशूली नदीमा खस्यो, एक जनाको शव फेला, ४ जना बेपत्ता

काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी कुरिनटारबाट त्रिशूली नदीमा खसेको छ । आज बिहान बा२ज ४१ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खस्दा एक जनाको मृत्यु भएको हाे । इलाका प्रहरी कार्यालय मुग्लिङले दिएको जानकारी अनुसार ट्याक्सीमा पाँच जना सवार थिए ।
ट्याक्सीमा सवार अन्य ४ जना बेपत्ता रहेको प्रहरीको भनाइ छ । मृतक पुरुष हुन् । उनको परिचय खुल्न सकेको छैन ।

बेपत्ताको खोजीको लागि गोताखोर टोली परिचालन गर्ने तयारी भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार