बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • प्रदेश ७
  • धनगढीका नगर प्रमुखलाई ज्यान मार्ने धम्की, प्रहरी एक्सनमा

धनगढीका नगर प्रमुखलाई ज्यान मार्ने धम्की, प्रहरी एक्सनमा

  • सोमवार, चैत्र ५, २०८०
धनगढीका नगर प्रमुखलाई ज्यान मार्ने धम्की, प्रहरी एक्सनमा

धनगढी —धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाललाई एक जनाले ज्यान मार्ने धम्की दिएका छन्।

नगर प्रमुख हमाललाई ह्वाट्सएपमा कल गर्दै राना थरका व्यक्तिले ज्यान मार्ने धम्की दिएका हुन्। राति ज्यान मार्ने धम्कीपछि नगर प्रमुख हमालले जिल्ला प्रशासनमार्फत सुरक्षा व्यवस्था गर्न निवेदन दिएका छन्। जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले नगर प्रमुखले निवेदन पेस गरेको बताए। उनले सो निवेदन जिल्ला प्रहरी कार्यालय पठाइएको बताए।

नगर प्रमुखलाई दिएको धम्कीको विषयमा निवेदन प्रहरीमा आइपुगेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख पदमबहादुर विष्टले बताए। ‘धम्की दिने व्यक्ति यही मटियारको रहेछ, हामीले उनीसँग फोन सम्पर्क गरेका छौँ’, प्रमुख विष्टले भने, ‘उसले मेयर सापलाई खबरदार भन्ने लेखेको रहेछ।’

प्रहरीका अनुसार रानाले आफु लम्की पुगेको र आजै प्रहरीमा आउने बताएका छन्। प्रहरी प्रमुख विष्टले भने, ‘रानाले लिन आउनु पर्दैन भने पनि हामीले उच्च निगरानीमा राखेर सुरक्षा प्रबन्ध गरेका छौँ।’ धम्की दिनुको कारण भने खुलेको छैन्। धम्की दिने व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरी एक्सनमै रहेको बताइएको छ। दिनेशखबरबाट

चर्चामा

सम्बन्धित समाचार