सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराकाे कोल्टीमा इलाका प्रशासन स्थापना र बस सेवा सुचारु गर्न माग

बाजुराकाे कोल्टीमा इलाका प्रशासन स्थापना र बस सेवा सुचारु गर्न माग

  • सोमवार, चैत्र ५, २०८०
बाजुराकाे कोल्टीमा इलाका प्रशासन स्थापना र बस सेवा सुचारु गर्न माग

बाजुरा —बाजुराकाे कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना र बस सेवा सुचारु गर्न माग गरिएकाे छ ।

आइतवार कुण्डाली सेवा समाज बाजुराले काेल्टीमा इलाका प्रशासन कार्यालय स्थापना र  मार्तडी-कोल्टी सडकको स्तरोन्नति गरि नियमित बस सेवा सुचारु गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेललाई ज्ञापन पत्र बुझाएको हाे ।

सदरमुकाम मार्तडीसम्म बस सेवा संचालन भएको दशक बित्न लाग्दा पनि मार्तडी कोल्टी सडकमा बस सेवा सुचारु नभएको र पुर्वीउत्तरी क्षेत्रका ४ वटा स्थानीय तहका नागरिकका लागि पायक पर्ने ठाउँ कोल्टीमा ईलाका प्रशासन कार्यालयको स्थापनाका लागि दबाव दिन प्रजिअ पौडेललाई ज्ञापन पत्र दिइएको कुण्डाली समाज बाजुराले जनाएको छ ।

कोल्टीमा विगत लामो समयदेखि इलाका प्रशासन कार्यालय स्थापना गर्ने प्रयास गरिएको भएपनि कार्यान्वयन नभएको भन्दै कुण्डाली सेवा समाज बाजुराले आज दबाबमूलक र्‍याली सहित प्रमुख जिल्ला अधिकारी मार्फत बाजुराबाट नेतृत्व गर्ने सांसद, मन्त्री, स्थानीय तहका जनप्रतिनिधि लगायत सम्वद्ध निकायको ध्यानाकर्षणका लागि ज्ञापनपत्र बुझाएको छ ।

मार्तडी-कोल्टी सडकमा बस सेवा संचालन, कोल्टीमा ईलाका प्रशासन स्थापना लगायत सो क्षेत्रका नागरिकले समयमै आधारभुत आवश्यकता पाउनुपर्ने भन्दै बाजुरा जिल्लाबाट प्रतिनिधित्व गर्ने पुर्व तथा वर्तमान प्रतिनिधि, प्रदेश सभा सदस्य, राजनितिक दलका पदाधिकारी, स्थानिय तहका जनप्रतिनिधि तथा राजनितिक दलका पदाधिकारीलाई एकै समयमा म्यासेज गरी सो कुराको जानकारी गराएर कार्यान्वयनका लागि दबाब दिएको हाे । यस बिषयमा ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पौडेलले  कुण्डाली समाज बाजुराले राखेको माग सम्बाेधनका लागि आफु निरन्तर लागि रहेको र  सम्बन्धित मन्त्रालय र ज्ञापनपत्रमा उल्लेख गरिएका दल तथा व्यक्तिलाई पठाउने बताए ।

चर्चामा

सम्बन्धित समाचार