बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • समाज
  • कञ्चनपुरबाट लागूऔषधसहित कैलालीका दुई युवक पक्राउ

कञ्चनपुरबाट लागूऔषधसहित कैलालीका दुई युवक पक्राउ

  • सोमवार, चैत्र ५, २०८०
कञ्चनपुरबाट लागूऔषधसहित कैलालीका दुई युवक पक्राउ

धनगढी– कञ्चनपुरबाट लागूऔषधसहित कैलालीका दुई युवक पक्राउ परेका छन्।

कञ्चनपुरको पुनर्वास नगरपालिका-११ डोकेबजारबाट ४५ ट्याब्लेट नाट्रोजेपाम र १२ क्याप्सुल स्पाससहित कैलालीको भजनी नगरपालिका-८ का २३ वर्षीय बिनोद शाह र भजनी नगरपालिका-१ का २२ वर्षीय अर्जुन बि.क.लाई आईतवार साँझ प्रहरीले पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्ती र प्रहरी चौकी परासन, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा लागूऔषधससहित फेला पारी दुबै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार