सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडीमालिका ७ को चुथी स्वास्थ्य चौकीमा ल्याव सेवा सञ्चालन

बडीमालिका ७ को चुथी स्वास्थ्य चौकीमा ल्याव सेवा सञ्चालन

  • आइतवार, फाल्गुन २७, २०८०
बडीमालिका ७ को चुथी स्वास्थ्य चौकीमा ल्याव सेवा सञ्चालन

बाजुरा– बडिमालिका नगरपालिका वडा न ७ स्थितको चुथी स्वास्थ्य चौकीमा ल्याव सेवा सञ्चालनमा आएको छ । नागरिकको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै चुथी स्वास्थ्य चौकीमा ल्याव सेवा संचालनमा ल्याएको हो । ल्याव सेवा सञ्चालनमा आए सँगै अब त्यस क्षेत्रका नागरिकले सामान्यतया व्लड तथा युरिक टेष्टको सेवा पाउने वडाध्यक्ष धर्मराज पाध्यायले बताए । पहिले सदरमुकाम मार्तडी जान विहानैदेखि तयार हुनु पर्ने, समयमै नपुगेपछि चेकजाँच नहुने, खर्च मंहगो लाग्ने लगायतका  समस्याबाट छुट्करा मिल्ने वडा अध्यक्ष पाध्यायले बताए ।

ल्याव सेवाको एक कार्यक्रमको वीच बडिमालिका नगरपालिका नगर उप प्रमुख नन्दा कुमारी थापाले उद्घाटन गरेकी हुन् । बडिमालिका नगरपालिका उपप्रमुख थापाले स्वास्थ्य चौकीको ल्यावबाट रगत चेक गराएर उद्धघाटन गरिएको  चुथि स्वास्थ्य चाैकीका इन्चार्ज धर्म खत्रीले बताए । विहान १० देखि साँझ ५ बजे सम्म जुनसुकै समयमा गएपनि सहज हुने स्वास्थ्य चौकी इन्र्चाज धर्म खत्रीले बताए । रगतमा समस्या, दिशा, पिसाब, तथा मृगौलामा समस्या, भएका विरामीहरु ल्याप सेवाबाट लाभान्वित हुने स्वास्थ्य इन्चार्ज खत्रीले बताए ।
बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायको अध्यक्षतामा संचालन भएको स्मार्ट हेल्थ सेवा संचालन कार्यक्रमका प्रमुख अतिथि बडिमालिका नगरपालिका नगर उप प्रमुख नन्दा थापा रहेकी थिईन ।  कार्यक्रममा वडा सचिव सरिता ठकुन्ना, पत्रकार कृष्ण ओली र लक्ष्मीराज पाध्याय लगायत स्वास्थ्य चौकी र वडा कार्यालय कर्मचारीहरु अतिथि रहेका थिए । कार्यक्रममा स्थानियहरुको समेत सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार