आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • बडिमालिका
  • चुथि स्वास्थ्य चौकीमा स्मार्ट हेल्थ सेवा संचालन

चुथि स्वास्थ्य चौकीमा स्मार्ट हेल्थ सेवा संचालन

  • आइतवार, फाल्गुन २७, २०८०
चुथि स्वास्थ्य चौकीमा स्मार्ट हेल्थ सेवा संचालन

बाजुरा– बडिमालिका नगरपलिका ७ मा रहेको चुथी स्वास्थ्य चौकीमा स्मार्ट हेल्थ सेवा संचालनमा ल्याइएको छ । स्वास्थ्य सेवा गुणस्तर सुधारका लागि इस्मार्ट हेल्थ ग्लोवल परियोजना मार्फत टेलि मेडिसिन सेवा सँचालनमा ल्याईएको हो । सबै किसिमका उपाय र प्रविधिको अबलम्बन गरी नागरिकको स्वास्थ्य सेवालाई पहुँचयोग्य र गुणस्तरीय बनाउन नगरपालिकाको बिषेश पहलमा नगरपालिका भित्र रहेका स्वास्थ्य सस्थामा सो सेवा संचालन गरेको नगर उप प्रमुख नन्दा कुमारी थापाले बताएकी छन । ‘डिजिटल हेल्थ’ माध्यमबाट नागरिकको स्वास्थ्यलाई मध्यानजर गरि सेवालाई सहज, पहुँचयोग्य र गुणस्तरीय बनाउन स्मार्ट हेल्थको सेवा संचालन गरिएको उपप्रमुख थापाले बताईन ।

बडिमालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले स्मार्ट हेल्थ कार्यान्वयनका लाग तयार गरिएको मार्गचित्र तयार गर्नेलाई समेत धन्यवाद दिएका छन् । स्वास्थ्य क्षेत्रमा सूचना प्रविधिको प्रयोगका लागि इस्मार्ट हेल्थ ग्लोवलको स्मार्ट हेल्थ’को अवधारणालाई अवलम्बन गर्दै विस्तारित रुप ‘डिजिटल हेल्थ’को कार्यान्वयनको चरणमा पुगेर कार्यान्वयन गरिएको अध्यक्ष पाध्यायले बताए । ‘डिजिटल हेल्थलाई स्वास्थ्य क्षेत्रको व्यवस्थापकीय क्षमता वृद्धि र आधुनिकीकरण गरी स्वास्थ्य सेवालाई पहुँचयोग्य र गुणस्तरीय बनाउँदै वडामा रहेका गरिव तथा बिपन्न नागरिकका लागि औजारको रूपमा हुने बिस्वास रहेको वडाअध्यक्ष पाध्यायले बताए ।

स्वास्थ्य सेवामा विशेषज्ञ जनशक्तिको अभाव, स्वास्थ्य सेवा लिंदा लाग्ने समय, खर्च र श्रम न्यूनीकरण जस्ता विषयलाई समेत प्रविधिमा आधारित स्वास्थ्य सेवाले सम्बोधन गर्ने उदेस्यका साथ चुथि स्वास्थ्य चौकीमा सो सेवा संचालन गरिएको डाक्टर महेन्द्र श्रेष्टले बताएका छन । उनले भने स्वास्थ्य सूचनाको गोपनीयता र सुरक्षा सुनिश्चिततता सहित सेवालाई निरन्तरता दिन आफु कटिबद्ध भएको बताए ।

वञ्चितीकरणमा परेका र दुर्गम क्षेत्रका बासिन्दालाई पहिलो प्राथमिककतामा परे पनि सेवाबाट वञ्चित हुन नदिन स्मार्ट हेल्थ सेवाले दुर्गमका लागि प्रभावकारी रहने डाक्टर गुणराज अवस्थीले बताए । ‘डिजिटल हेल्थलाई स्वास्थ्य क्षेत्रको व्यवस्थापकीय क्षमता वृद्धि र आधुनिकीकरण गरी नागरिकको स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउँदै अघि बढन आफु लागिपर्ने बताएका छन ।

बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायको अध्यक्षतामा संचालन भएको स्मार्ट हेल्थ सेवा संचालन कार्यक्रमका प्रमुख अतिथि बडिमालिका नगरपालिका नगर उप प्रमुख नन्दा थापा रहेकी थिईन ।

कार्यक्रममा अनलाइनमा मार्फत बिभन्न चिकित्कस, डाक्टरहरु र वडा सदस्य लोकेन्द्र रोकाया, डबल विक लगायत बिषिष्ठ अतिथि रहेका थिए । चुथि स्वास्थ्य चाैकी इन्चार्ज धर्म खत्रीले संचालन गरेकाे कार्यक्रममा वडा सचिव सरिता ठकुन्ना, पत्रकार कृष्ण ओली र लक्ष्मीराज पाध्याय लगायत स्वास्थ्य चौकी र वडा कार्यालय कर्मचारीहरु अतिथि रहेका थिए । कार्यक्रममा स्थानियहरुको समेत सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार