सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बडिमालिका
  • मार्तडीमा भोलि र पर्सि २ दिन विद्युत सेवा अवरुद्ध हुने

मार्तडीमा भोलि र पर्सि २ दिन विद्युत सेवा अवरुद्ध हुने

  • शुक्रबार, फाल्गुन १८, २०८०
मार्तडीमा भोलि र पर्सि २ दिन विद्युत सेवा अवरुद्ध हुने

बाजुरा– बाजुराको सदरमुकाम मार्तडीमा भोलि शनिवार र पर्सि आईतबार २ दिन राष्ट्रिय प्रशारण लाईनको विद्युत सेवा अवरुद्ध हुने भएको छ । बाजुरा वितरण केन्द्रले आज सार्वजनिक सूचना जारी गर्दै बाजुरा वितरण केन्द्र अन्तरगत बल्दे देखि अमकोट सम्मको ३३ केभि लाईनमा ११ केभि कम्पोजिट लाईन निर्माणको काम गर्ने भएकोले मार्तडीमा २ दिन विद्युत सेवा अवरुद्ध हुने बताएको छ ।

बाजुरा वितरण केन्द्रले जारी गरेको सूचना अनुसार भोली १९ गते विहान ७ बजे देखि बेलुका ६ बजे सम्म र पर्सि आईतबार विहान ७ बजेदेखि १० सम्म र दिउसो साढे २ देखि बेलुका ६ बजेसम्म लाईन सर्टडाउन गर्ने भएको छ ।

May be an image of blueprint and text

चर्चामा

सम्बन्धित समाचार