आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • जसलाई छानेर पठाएपनि त्यो विदेशको दाश भयो

जसलाई छानेर पठाएपनि त्यो विदेशको दाश भयो

  • आइतवार, फाल्गुन ६, २०८०
जसलाई छानेर पठाएपनि त्यो विदेशको दाश भयो

हिँजो व्यवस्था राम्रो बनाउँन आन्दोलन खास भयो,
आज अवसरबादकै हातमा सत्ता देशको नाश भयो।

पाल्यौं हुर्कायौं नेपाली छोरालाई र पठायो खाडिमा,
आर्काको देशकै लागि होनहार युवाको लाश भयो।

नयाँ जनवादकै लागि भनेर चलेको कथित जनयुद्ध,
नेतालाई सत्तामा पुराउँदा क्रान्तीकै नारा बतास भयो।

उता बिदेशी आँ गरेको छ यता प्रतिगामि जुर्मुराउँदा,
नागरिकको समस्या त झन पछि झन ठुलै रास भयो।

कसलाई चुन्ने यो देशमा जनताले को छ खै देशभक्त,
जसलाई छानेर पठाएपनि त्यो विदेशको दाश भयो।

छैन बाटो दुर्घटना हुन्छ दिनौं रोजागर बिहिन मुलुक,
विदेशीको चलखेल उस्तै नागरिकको उठिबास भयो।

चर्चामा

सम्बन्धित समाचार